पिएसजीका स्टार डिफेन्डर रामोसले लिगको आफ्नो दोस्रो खेलमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छोड्नु पर्यो । लोरिएन्टबिरुद्ध १-१ को निराशाजनक बराबरी भएको खेलमा उनले थप १ रातो कार्डको साथ आफ्नो नयाँ रेकर्ड बनाएका छन् हाल व्यवसायीक खेल जीवनमा उनको कुल २७ रातो कार्ड भएको छ।
२७ रातो कार्डको साथ २१औँ शताब्दीमा सबैभन्दा धेरै रातो कार्ड पाउने खेलाडीको सुचीमा उनी शीर्ष स्थानमा रहेका छन्। उनले स्पेनिस ला लिगामा २० रातो कार्ड, च्याम्पियन्स लिगमा ५, सुपर कोपा डि स्पानामा १ र फ्रेन्च लिग वानमा १ रातो कार्ड पाएका छन् ।
उक्त सुचीको दोस्रो स्थानमा भने थियागो मोटा रहेका छन् उनको कुल १६ रातो कार्ड रहेको छ भने तेस्रो स्थानमा पूर्व एसी मिलान स्टार फिलिप मेक्सेस रहेका छन् उनको पनि १६ रातो कार्ड छ।
२१औँ शताब्दीमा सबैभन्दा धेरै रातो कार्ड पाउने खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-
1) RAMOS 27
2) MOTTA 16
3) MEXÈS 16
4) RODRÍGUEZ 15
5) JEUNECHAMP 14
6) MUNTARI 14
7) LOPO 14
8) PINZI 14
9) IBRAHIMOVIC 14
10) MATUZALÉM 13