हालै च्याम्पियन्स लिगको ग्रुप स्टेजको अन्त्य भएको छ भने च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ र फ्यानहरू धेरै उत्साहित रहेका छन्। च्याम्पियन्स लिगको राउन्ड अफ १६को ड्र पनि भएको छ भने कुन क्लबले कसको सामना गर्ने भनेर तालिका तय भएको छ।
नकआउट चरण च्याम्पियन्स लिगको सबैभन्दा गाह्रो र महत्त्वपूर्ण चरण भनेर चिनिन्छ तर केही स्टार खेलाडीहरूले नकआउट चरणमा निकै उत्कृष्ट गोल रेकर्ड बनाएका छन्। च्याम्पियन्स लिगको नकआउट चरण २०२२ देखि सुरु हुने छ भने खेलाडीहरूको लागि यो ठुलो परीक्षा हुने धेरैको विश्वास रहेको बेला च्याम्पियन्स लिगको नकआउट चरणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीहरूको सुची प्रसिद्ध ब्रिटिस फुटबल वेबसाइट गिभ मि गोलले तयार गरेको छ।
उक्त सुचीको शीर्ष स्थानमा म्यानचेस्टर युनाइटेडका सुपरस्टार रोनाल्डो रहेका छन्। उनले च्याम्पियन्स लिगको नकआउट चरणमा अविश्वसनीय ६७ गोल गरेका छन्। दोस्रो स्थानमा भने पिएसजीका सुपरस्टार मेस्सी रहेका छन् उनले च्याम्पियन्स लिगको नकआउट चरणमा ४९ गोल गरेका छन्।
च्याम्पियन्स लिगको नकआउट चरणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-
Sadio Mane – 10
Samuel Eto’o – 10
Fernando Torres – 10
Kaka – 11
Thierry Henry – 12
Kylian Mbappe – 13
Neymar – 13
Luis Suarez – 13
Wayne Rooney – 14
Didier Drogba – 14
Frank Lampard – 15
Filippo Inzaghi – 16
Arjen Robben – 16
Andriy Shevchenko – 18
Karim Benzema – 18
Raul – 18
Thomas Muller – 24
Robert Lewandowski – 26
Lionel Messi – 49
Cristiano Ronaldo – 67