“यस विश्वकपमा हामीले सबैभन्दा उत्कृष्ट नेमारलाई देख्नेछौ”

ब्राजिल र प्रिमियर लिग क्लब चेल्सीका कप्तान थियागो सिल्भाले यस विश्वकपमा हामीले ‘उत्कृष्ट नेमार’ देख्ने बताएका छन्। चोटका कारण विगतका दुई प्रतियोगितामा नेमारको प्रदर्शन सोचे अनुरूप हुन नसकेको तर यस पटकको विश्वकपमा ब्राजिलले सबैभन्दा उत्कृष्ट नेमारलाई देख्ने सिल्भाको विश्वास छ।

“मलाई लाग्छ नेमार उत्कृष्ट फममा यस प्रतियोगितामा आउँदै छन् ।- ब्राजिलका कप्तान थियागो सिल्भाले बताए।

“यस पटक उनको तयारी फरक छ। २०१४ मा उनी राम्रो खेल्दै गर्दा घाइते भए, र २०१८को प्रतियोगितामा उनी फरक तरिकामा आए किनभने उनको त्यो समय गम्भीर चोट थियो त्यसैले उनले धेरै खेलेका थिएनन्।

“हाल एक फरक तयारीका साथ, कुनै चोट र चिन्ता बिना, हामीले सबैभन्दा उत्कृष्ट नेमारलाई देख्छौँ।”

पिएसजीका स्टार नेमारले ढाडको चोटका कारण २०१४विश्वकपको सेमिफाइनल गुमाएका थिए भने २०१८मा वर्षको सुरुमा खुट्टाको शल्यक्रिया पछि २०१८को प्रतियोगितामा पूर्ण फिटनेसका लागि नेमारले सङ्घर्ष गरे।

यद्यपि, उनी कतारमा राम्रो स्वास्थ्यको साथ पुगेका छन् र यो सिजन पेरिस सेन्ट जर्मेनका लागि उनले २० खेलमा १५ गोल गरेका छन्।

नेपाली समय अनुसार बिहीबार हुने चौथो खेलमा ब्राजिलले यस विश्वकपमा आफ्नो पहिलो खेल खेल्ने छ। ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे हुनेछ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ