इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले क्लबका केही उच्च पदाधिकारीले आफूलाई धोका दिएको र मुख्य प्रशिक्षक एरिक टेन हागप्रति आफूसँग कुनै सम्मान नभएको एक अन्तर्वार्तामा बताएका छन् ।
Cristiano Ronaldo on Erik ten Hag: “I don’t have respect for Erik ten Hag because he doesn’t show respect for me”, tells @PiersMorgan. 🚨 #MUFC
“If you don’t have respect for me, I will never have any for you”. pic.twitter.com/n3kRkvILbP
— Fabrizio Romano (@FabrizioRomano) November 13, 2022
एरिक टेन ह्यागको नेतृत्वमा रोनाल्डोले यो सिजन धेरै खेल समय पनि पाएका छैनन् भने दुई बिच केही तनाव सिर्जना भएको पनि देखिन्छ भने रोनाल्डोले हाल टेन ह्याग प्रति कुनै सम्मान नरहेको भनेर उक्त अन्तर्वार्तामा बोल्दै भनेका छन्।
“म सँग उहाँको(टेन ह्याग) लागि कुनै सम्मान छैन किनभने उनले मेरो लागि सम्मान देखाउँदैनन्।- रोनाल्डोले उक्त अन्तर्वार्तामा भने।
“यदि तपाई सँग मेरो लागि सम्मान छैन भने, मसँग पनि तपाईँको लागि कुनै हुनेछैन।”
Cristiano Ronaldo on Ralf Rangnick: “If you’re not even a coach, how are you going to be the boss of Man Utd? I’d never even heard of him”, tells @PiersUncensored. 🚨🔴 #MUFC pic.twitter.com/qip4KLgsvX
— Fabrizio Romano (@FabrizioRomano) November 13, 2022
उनले पूर्व युनाइटेड कोच राल्फ रङ्गनिक वारे पनि बोले भने युनाइटेड जस्तो ठुलो क्लबले उनलाई कोचको रूपमा भित्राउनु अनौठो रहेको उनले दाबी गरे।
“युनाइटेडले खेलकुद निर्देशक राल्फ रङ्गनिकलाई कोचको रूपमा ल्याए र यो त्यस्तो चीज हो जुन कसैले बुझ्दैन, एक व्यक्ति जो कोच पनि होइनन्।
“यदि तपाईँ प्रशिक्षक पनि हुनुहुन्न भने, तपाईँ कसरी म्यान युनाइटेडको कोच बन्नुहुनेछ? मैले उनको बारेमा कहिल्यै सुनेको थिएन”