रोमेलु लुकाकूले भने ‘गर या मर’ मानसिकताले मैदानमा उत्रिदा आफ्नो चिर प्रतिद्वन्दी एसी मिलनलाई ४-२ को रोमान्चक जित दर्ता गराउन सफल रहेको बताए।
इन्टर पहिलो हाफमा २-० ले पछि परेको अवस्थामा दोस्रो हाफमा ४ गोल गरे। यस जितसंगै इन्टर शीर्ष स्थानमा उक्लन सफल रहयो।
एसी मिलानलाई पहिलो हाफमा अग्रता दिलाउने क्रममा ज्लाटान इब्राहिमोभिकले एउटा गोल र अस्सित प्रदान गरेका थिए जस्मा एन्ती रेबिकले फाईदा लिएको थियो।
त्यस्तै इन्टरको पूर्णरागमन जितमा ब्रोजोभिक, भेचिनो, डि स्तेफानो र लुकाकुले गोल गरेका हुन। नेरज्जुरीको सम्मानमा निलो रंगे।
“दोस्रो हाफको दौरानमा हामीले साँच्चिकै राम्रो प्रदर्शन गर्यौं। पहिलो हाफको दौरानमा उनीहरूले राम्रो खेले, किनकि हामीले उनीहरूलाई धेरै ठाउँ दियौ र संघर्ष गर्यौं,” लुकाकूले जारी सिजन १७ गोल गरीसकेका छन।
“जे होस्, हामी अन्तराल पछि राम्रो खेल देखायौ। हामीले पूर्णरागमन गर्दै जित हासिल गरौ हामी खुशी छौ। मलाई लाग्छ कि सबैले यस टोलीको मानसिकता देखेका छन, हामी हार मान्दैनौं र हामी जहिले पनि जीतको खोजीमा छौं।
“म यहाँ जित्न आएको हुँ र मेरो एक मात्र उद्देश्य टोलीलाई राम्रो नतिजा प्राप्त गर्न मद्दत गर्नु हो। म सबै प्रशंसकहरुलाई, मेरो टीमका साथीहरु, कोन्टे र उनीहरुको समर्थनको लागि उनीसँगै सबै ब्याकरूम स्टाफलाई धन्यवाद दिन चाहन्छु”