“म म्यान्चेस्टर सिटी जान धेरै नजिक थिए, सर एलेक्सले गर्दा नगएको”

म्यान्चेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रीस्टियानो रोनाल्डोले आफू म्यान्चेस्टर सिटी जान धेरै नजिक रहेको खुलाएका छन् ।

हाल विश्व फुटबलमा निकै चर्चामा रहेको रोनाल्डोले पिएर्स मोर्गानसंगको एक अन्तर्वार्तामा म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक र क्लबका केहि आधिकारिक ब्यक्तिहरुले उनलाई सम्मान नगरेको र आफुलाई पनि तिनीहरु प्रति सम्मान नरहेको बताएका थिए ।

त्यस्तै, म्यान्चेस्टर युनाइटेड प्राविधिक रुपमा निकै पछि रहेको पनि बताएका थिए ।

मोर्गानसंगको अन्तर्वार्तामा उनले म्यान्चेस्टर सिटीसंग सम्झौता लगभग गरिसकेको तर सर एलेक्ससंगको कुराकानी पछि सिटीलाई अस्वीकारदै युनाइटेड फर्केको बताए ।

“हो यो कुरा साचो हो म सिटी जान धेरै नजिक थिए, तर सर एलेक्ससंग मेरो कुराकानी भयो र वहाँले सिटी जान असम्भव कुरा हो भने पछि मैले ओके बस भनेका थिए,” रोनाल्डोले भने ।

यस अन्तर्वार्ता पछि युनाइटेडले उनलाई जनवरी ट्रान्सफर विन्डोमा बेच्ने लगभग पक्का छ ।