“म फ्रेन्च भए पनि मेस्सीले विश्व कप जितोस् भन्ने चाहन्छु”- पूर्व फ्रेन्च स्ट्राइकर 

२०२२ फिफा विश्व कपको फाइनल खेल अघि पूर्व फ्रेन्च स्ट्राइकर आन्द्रे-पियरे गिग्नाकले अर्जेन्टिनाका लेजेन्द मेस्सीले यो वर्षको फिफा विश्व कप जिते पनि आफू खुसी हुने भनेर बताएका छन्।

मेस्सी र एम्बाप्पेले विश्व कपको उपाधिको लागि आइतबार को फाइनलमा एक अर्का सँग खेल्ने छ भने उक्त फाइनल खेलको वारे कुरा गर्दै फ्रान्स राष्ट्रिय टोली पूर्व स्ट्राइकर आन्द्रे-पियरे गिग्नाकले सो दाबी गरे।

फक्स स्पोर्ट्समा सँगको एक अन्तर्वार्तामा रिपोर्टरले आन्द्रे-पियरे गिग्नाकलाई यदि उनी कोच भएको भए टिममा मेस्सीलाई राख्ने वा एम्बाप्पेलाई राख्ने भनेर प्रश्न गर्दा आन्द्रे-पियरेले एम्बाप्पेको नाम लिए तर मेस्सीले विश्व कप जितोस् भन्ने आफ्नो चाहना रहेको पनि उनले खुलाए।

“म आफ्नो टिममा एम्बाप्पेलाई राख्ने छु।”- आन्द्रे-पियरे जवाफ दिँदै भने।

आफ्नो टिममा एम्बाप्पेलाई राख्ने बताए पनि मेस्सी सँग खेल्ने आफ्नो इच्छा रहेको र मेस्सीले विश्व कप जिते पनि आफू खुसी हुने उनले बताए।

“मैले एम्बाप्पेलाई रोजे पनि मेस्सीको साथ खेल्न मा इच्छुक हुने छु किन भने उनीसँग अझै धेरै जादु छ।”- उनले थपे ।

“आज, अर्जेन्टिनामा, उनीहरू मेस्सीका लागि विश्वकप जित्न चाहन्छन्।

“म फ्रेन्च हुँ, तर म मेस्सीले विश्व कप जितोस् भन्ने चाहन्छु किन भने उनको उत्कृष्ट करियरको आधारमा उनी यसको हकदार हुन्। उनको स्वभाव एक उत्कृष्ट लिडरको जस्तो छ।”

अर्जेन्टिनाले २०२२ विश्व कपको उपाधिको लागि फाइनल खेल फ्रान्स विरुद्ध खेल्ने छ सो खेल नेपाली समय अनुसार आइतबार ८:४५मा सुरु हुने छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ