लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहले म्यान्चेस्टर युनाइटेडले लिभरपुलबिरुद्ध लिगमा बराबरी गर्दै १ अंक जित्नुको कारण बताएका छन् ।
यस सिजन लिभरपुल इङलिस प्रेमिएर लिगमा अपराजित रहदै मात्र एक खेल, म्यान्चेस्टर युनाइटेडबिरुद्ध, बराबरी गर्दै बाकी सबै खेल्न जित्न सफल भएको छ ।
मोहम्मद सालाहलाई म्यान्चेस्टर युनाइटेडले कसरी लिभरपुलबिरुद्ध अंक जित्न सफल भयो प्रस्न सोध्दा उनले यसो भने ।
Vi tok en prat med Mohamed Salah, og dette var responsen hans til hvorfor de spilte uavgjort mot Manchester United sist kamp😂 #2pl pic.twitter.com/NFe6OYL0kc
— TV 2 Sporten (@2sporten) January 17, 2020
“म त्यस खेलमा खेलेको थिएन, घाइते थिए त्यसै होला, उनले हास्दै भने ।”
“हैन! उनीहरुले हामीबिरुद्ध राम्रो खेलेको थियो, तर हामीले त्यस खेल जित्न पनि सक्थ्यौ, तर अब हामी अब आउने खेल जित्ने प्रयास गर्ने छौं ।
लिभरपुलले म्यान्चेस्टर युनाइटेडबिरुद्ध अब आइतबार भिड्नेछन् ।