२०२२ फिफा विश्व कपमा घाना र उरुग्वे बिचको खेल अगाडीको पत्रकार सम्मेलनमा उरुग्वेका लेजेन्द स्वारेजलाई घानाका रिपोर्टरले घानामा उनलाई फ्यानहरूले शैतान’ भन्ने गरेको र उनले चाडै संन्यास लिएको हेर्न घाना फ्यानहरूको इच्छा रहेको बताए भने स्वरेजले सो वारे जवाफ दिएका छन्।
Luis Suarez on the 2010 incident;
I don’t need to apologize. I’d apologize if I injured a player but in this situation, I handled the ball, I take a red card and the Ghana player missed the penalty. It’s not my fault. I didn’t miss the penalty. It’s not my responsibility”. pic.twitter.com/5OSuZetwk6
— Saddick Adams (@SaddickAdams) December 1, 2022
२०१०को विश्व कपमा स्वारेजले घानाको गोललाई हातले विफल पारेका थिए जसको कारण घाना सेमी फाइनल पुग्न असफल भएको थियो र सो घटना पछि घानामा स्वारेज प्रति घृणा हुने गरेको उक्त रिपोर्टरले स्वरेजलाई बताए भने स्वरेजले सो ह्याण्डबलको लागि आफूले माफी नमाग्ने भनेका छन्।
“म त्यसको लागि माफी माग्दिन, मैले ह्यान्डबल गरे, तर घानाका खेलाडीले पेनाल्टी मिस गरे,” स्वारेजले घानाका सो रिपोर्टरलाई जवाफ दिँदै भने।
“Some Ghana fans feel you are the devil itself. They are looking forward to retiring you.”
Luis Suarez faced a tough time from some of the media ahead of Uruguay’s clash with Ghana 😳 pic.twitter.com/ciLYO4WnOt
— ESPN UK (@ESPNUK) December 1, 2022
“यदि मैले कुनै खेलाडीलाई घाइते बनाएको भए, सो कुरा लागि रातो कार्ड पाएको भए मैले माफी माग्ने थिए , तर मैले ह्याण्ड बलको लागि रातो कार्ड पाए। यो मेरो गल्ती थिएन किनभने मैले पेनाल्टी मिस गरेन।
“तपाईँले पेनाल्टी मिस गरेका घानाका खेलाडीलाई देख्नुहुन्छ, उनले पनि जितको लागि त्यस्तो अवस्था त्यस्तै (हातले बल रोक्ने) गर्ने थिए भनेर भनेका छन्।”
VIDEO: Why Luis Suarez will not apologize to Ghana 🇬🇭.#FIFAWorldCup pic.twitter.com/KbmbYQrP89
— Eric Njiru (@EricNjiiru) December 1, 2022
२०२२ फिफा विश्वकप अन्तर्गत शुक्रवार ग्रुप एचको खेलमा अफ्रिकी राष्ट्र घानाले उरुग्वे विरुद्ध खेल्ने छ। घानाले १२ वर्ष पछि उरुग्वे सँग फेरी खेल्दै छ। उक्त खेल नेपाली समय अनुसार शुक्रवार राती ८:४५मा सुरु हुने छ। ग्रुप एचको दोस्रो स्थानमा रहेको घानालाई अर्को चरणमा पुग्न उरुग्वे विरुद्ध बराबरी मात्र भए पनि पर्याप्त हुने छ भने पुछारमा रहेको उरुग्वेलाई जितको आवश्यक रहेको छ।