पहिलो म्याराडोना कपमा बार्सिलोना पराजित भएको छ ।
अर्जेन्टाइन क्लब बोका जुनियरविरुद्ध भएको खेलमा बार्सा पेनाल्टी सुटआउटमा हारेको हो ।
खेल १-१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा बार्सिलोना ४-२ ले हार्न पुग्यो ।
बार्सिलोनाका लागि युवा फेरान जुट्ग्लाले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । बोकाबाट जेबालोसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएको थियो ।
खराब प्रदर्शन गर्दै आइरहेको बार्सिलोनाले उक्त लयलाई निरन्तरता दियो ।
बार्सिलोनाका ड्यानी आल्भेसले यस खेल मार्फत क्लबका लागि दोस्रोपल्ट डेब्यु पनि गरे । यस खेल अनौपचारिक भएको हुनाले उनले खेल खेल्न पाएको हो । औपचारिक खेल खेल्न भने आल्भेसले जनवरी सम्म पर्खनु पर्ने हुन्छ ।