म्यान सिटीले साइन गर्न खोजेको खेलाडी माथि स्पट फिक्सिङको आरोप

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, वेस्ट ह्याम युनाइटेडका ब्राजिलियन मिडफिल्डर लुकास पाकेटालाई १०० मिलियनमा साइन गर्ने प्रयासमा रहेको थियो तर लुकास पाकेटा माथि स्पट फिक्सिङको लागि अनुसन्धान सुरु भएको खुले पछि म्यान सिटी उनलाई साइन गर्ने योजनाबाट पछि हटेको छ।

रिपोर्ट अनुसार गत सिजन वेस्ट ह्याम युनाइटेडका ब्राजिलियन मिडफिल्डर लुकास पाकेटाले खेलमा पहेँलो कार्ड पाउनेमा असामान्य रूपमा सट्टेबाजीको गतिविधि देखे पछि उनी माथि अनुसन्धान सुरु भएको हो।

प्रिमियर लिगमा मार्च १२ मा वेस्ट ह्यामले एस्टन भिल्लासँग १-१ को बराबरीमा पाकेटाले पहेँलो कार्ड पाए पछि उनी माथि सट्टेबाजीको अनुसन्धान सुरु भएको रिपोर्टले जनाएको छ।

उक्त खेलको दोस्रो हाफको २४ औँ मिनेटमा ब्राजिलियन मिडफिल्डर खराब ट्याकल गर्दै पहेँलो कार्ड पाएका थिए ।

प्रारम्भिक विश्लेषणले देखाएको छ कि त्यस दिन बेटवे( सट्टेबाजी वेबसाइट) मा धेरै नयाँ खाताहरू सिर्जना गरिएको थियो, उक्त खाताहरू भने पाकेटाका नजिकका व्यक्तिहरूसँग लिङ्क गरिएको जानकारी छ र प्रयोगकर्ताहरूले अनुमति दिइएको अधिकतम रकम जम्मा गर्दै सो खेलमा पाकेटाले पहेँलो कार्ड पाउने भने सट्टेबाजी गरेको रिपोर्ट छ।

गत सिजन एस्टन भिल्ला विरुद्ध खेल्न अघि केवल ३ पहेँलो कार्ड मात्र पाएका पाकेटाले एस्टन भिल्ला विरुद्ध पहेँलो कार्ड पाउनेमा धेरै रकमको एस्टन भिल्ला हुन थाले पछि उनी माथि अनुसन्धान सुरु भएको हो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ