“म्यान सिटीले क्लब अफ द यर जिते पछि हामीले एक अर्कालाई हेरेर हाँस्यौं”

रियल म्याड्रिडका स्टार गोलकिपर थिवाउट कोर्तुवाले २०२२ बालोन डी’ओर समारोहमा म्यानचेस्टर सिटीलाई उत्कृष्ट क्लब अवार्डको विजेता घोषित गरेपछि आफ्नो र टिम-मेटको कस्तो प्रतिक्रिया रहेको भनेर खुलासा गरेका छन्।

गत सिजनको च्याम्पियन्स लिग विजेता स्पेनिस क्लब म्याड्रिड, प्रिमियर लिगका म्यान सिटी सिटी र लिभरपुलको पछाडि तेस्रो स्थानमा रहेको थियो भने सो कुरा हास्यास्पद रहेको भनेर रियल म्याड्रिडका स्टार गोलकिपर थिवाउट कोर्तुवाले जनाएका छन्।

“म्यानचेस्टर सिटीले उत्कृष्ट क्लबको ट्रफी कहिले जित्यो? उक्त घोषणा पछि हामी एक अर्कालाई हेरेर हाँस्यौँ।”- स्टार गोलकिपर थिवाउट कोर्तुवाले एक अन्तर्वार्तामा बोल्दै भने।

कोर्तुवाका टिम-मेट टोनी क्रुसले पनि रियलको स्थानमा असन्तुष्टि देखाउँदै सामाजिक सञ्जालमा उक्त निर्णयमाथि प्रश्न उठाए। क्रुसले आफ्नो ट्विटर पोस्टमा लेखे: “२०२१/२२ मा तेस्रो उत्कृष्ट टोली – खुसी रियल म्याड्रिड?”

इङ्लिस क्लब म्यानचेस्टर सिटिले गए राती भएको बालोन डि’ओर अवार्ड्समा क्लब अफ डि’ओर अवार्ड हासिल गरेको छ ।

अर्को इङ्लिस क्लब लिभरपुल दोस्रो र स्पेनिस क्लब रियल म्याड्रिड तेस्रो स्थानमा रह्यो । गत वर्ष देखि मात्र यस अवार्ड दिन थालेको, इङ्लिस क्लब चेल्सीले पहिलो पटक जितेको थियो । चेल्सीले त्यस सिजन च्याम्पियन्स लिग उपाधि पनि जित्न सफल भएको थियो ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ