म्यान्चेस्टर सिटीलाई हराउदै न्युकास्टलले म्यान्चेस्टर युनाइटेडबिरुद्ध खेल्ने

म्यानचेस्टर सिटी ईएफएल कपबाट बाहिरिएको छ ।

गएराती सम्पन्न तेस्रो चरणको खेलमा न्यूक्यासल युनाइटेडसँग १-० गोल अन्तरले पराजित भएसँगै सिटी प्रतियोगीताबाट बाहिरिएको हो ।

न्यूक्यासल युनाइटेडको जितमा खेलको ५३ औं मिनेटमा एलेक्जेन्डर इसाकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब न्यूक्यासलले इएफएल कपको चौथो चरणमा म्यानचेस्टर युनाइटेडको सामना गर्ने भएको छ । त्यस्तै चेल्सी, लिभरपुल, आर्सनल, एभर्टन पनि ईएफएल कपकप चौथो चरणमा पुगेका छन् ।

चौथो चरणमा लिभरपुलले बोर्नमाउथको, आर्सनलले वेस्टह्याम युनाइटेडको, चेल्सीले ब्ल्याकबर्न रोभर्सको सामना गर्ने भएका छन् ।