ईङ्लिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले इभर्टनमाथि जित निकालेको छ ।
बुधबार राति भएको खेलमा सिटीले इभर्टनमाथि २–१ को जित दर्ता गरेको हो ।
सिटीको जितमा ग्याब्रियल जिससले दुवै गोल गरे । इभर्टनका रिचार्डलिसनले एक गोल फर्काए ।
जितसंगै सिटीले शीर्ष स्थानको लिभरपुलसंगको दुरी ११ अंकमा झारेको छ । तर लिभरपुल भन्दा सिटीले दुई खेल बढी खेलेको छ ।
५१ औ मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटपछि उनले रियाद महरेजको पासलाई सदुपयोग गर्दै दोस्रो गोल गरेका थिए ।
पाहुना टोली इभर्टनका रिचारलिसनले ७१ औं मिनेटमा एक गोल फर्काएका थिए ।
जितसंगै सिटीले २१ खेलबाट ४४ अंक जोडेको छ । इभर्टन २५ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।