एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड सर्वाधिक सफल क्लब मध्य एक हो । युनाईटेडले १३ प्रिमियर लिग उपाधि जितिसकेका छन ।
यद्यपि, क्लबले २०१२/२०१३ सिजन यता लिग जित्न सकेको छैन । सर एलेक्स फर्गुशननै अन्तिम प्रशिक्षक हुन जस्ले युनाईटेडलाई लिग जिताए ।
पछिल्लो ७ सिजन युनाईटेडमा चार नयाँ प्रशिक्षकले क्लब सम्हालेका छ्न । यी नयाँ प्रशिक्षकहरुले केहि आशा देखाए पनि नतिजा दिलाउन भने असफल रह्यो ।
युनाईटेडको जारी सिजनको सुरुवात राम्रो गरेता पनि प्रदशनमा स्थिरता नहुदा तालिकामा सातौं स्थानमा रहेको छ ।
गए राती लिभरपुलसंग घरेलु मैदान ओल्ड ट्राफोर्डमा ५-० गोल अन्तरले पराजित हुनपुग्यो । क्लबको बोर्डहरुले ऊनी माथि तत्काललाई भरोसा गरेका छन ।
तर, हिजोको नतिजा मात्र युनाईटेडले भारी गोल अन्तरले हारेको हैन । यस अघि पनि युनाईटेडले लज्जास्पद हार व्यहोर्नु परेको छ ।
१) न्युक्यासल युनाईटेड (१९९६/१९९७)
केभिन किगनको प्रशिक्षणमा रहेको न्युक्यासल उस बेला ठुला टिमहरुलाई हराउने दम राख्छ । उक्त खेलमा न्युक्यासल युनाईटेडले म्यान्चेस्टर युनाईटेडलाई ५-० गोलको लज्जास्पद चखाएका थिए ।
२) चेल्सी (१९९९/२०००)
तत्कालीन ट्रिबल विजेता युनाईटेडको २९ खेल अपराजित यात्रामा चेल्सीले पुणबिराम लगाइदिए । चेल्सीले युनाईटेडलाई ५-० गोल अन्तरले हराए । यद्यपि, म्यान्चेस्टर युनाईटेडले उक्त सिजन १८ अंकको अग्रता लिदै लिग उपाधि जितेका थिए ।
३) टोटेन्हम हट्स्पर (२०२०/२०२१)
गत सिजनको खेल हो एक गोलले अग्रता जोगाउन नसक्दा युनाईटेड आफ्ना पुर्व प्रशिक्षक जोसे मोरिन्होको टिमसंग लज्जास्पद हार व्यहोर्न बाध्य भयो । टोटेन्हमले युनाईटेडलाई ६-१ गोलले हराए ।
४) म्यान्चेस्टर सिटि (२०११/२०१२)
म्यान्चेस्टर डर्बिमा सिटिले आफ्ना चिर-प्रतिद्वन्द्वी युनाईटेडलाई उसैको मैदानमा ६ गोल गरे । त्यो नै युनाईटेडले १९३० पछि पहिलो पटक ६ गोल खाएको हो । उक्त खेल युनाईटेडको बिर्सिनलायकको रह्यो ।
५) लिभरपुल (२०२१/२०२२)
जारी सिजन सुरुवात राम्रो गरेको युनाईटेड लयलाई कायम राख्न सकेनन् । क्रिष्टियानो रोनाल्डो, भरान र स्यान्चो जस्ता खेलाडि भित्र्याएको युनाईटेड जारी सिजन सोचे अनुरुप खेल्न सकेनन् । ओले गनर सोल्स्जरको प्रशिक्षणमा रहेको युनाईटेडको यो दोश्रो फराकिलो हार रहेको छ । लिभरपुलसंग ५-० गोल अन्तरले हार्नु उनले आफैले यो क्लब इतिहासमा कालो दिन रहेको बताए । यो हारसंगै उनको भविस्यमाथि ठुलो प्रश्न उठेको छ । युनाईटेडका समर्थकहरु आफ्ना पुर्व लेजेन्डको विरुद्धमा आवाज उठाउन थालेको छ ।