म्यान्चेस्टर युनाइटेड पाँचौ स्थानमा

इङलिस प्रेमिएर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकाल्दै पाचौं स्थानमा उक्लिएको छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले वेस्टह्यामलाई १-० ले हराएको हो ।

खेलको ३८ औं मिनेटमा मार्कोस राश्फोर्सले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई जित दिलाएका हुन् ।

यो उनको म्यान्चेस्टर युनाइटेडका लागि १०० औं गोल पनि रहेको थियो ।

खेलको अन्तिम समय तिर वेस्टह्यामले युनाइटेडलाई निकै दबाब दिएपनी गोल गर्न सकेन ।

गोलकिपर डेभिड डे हेयाले केहि प्रहारहरुलाई उत्कृष्ट बचाउ गर्दै युनाइटेडको जित सुनिश्चित गर्न ठुलो योगदान गरे ।

जितसंगै युनाइटेडले चेल्सीलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको हो भने वेस्टह्याम १३ औं स्थानमा रहेको छ ।