‘म्यान्चेस्टर युनाइटेड अथवा रियल म्याड्रिडको प्रशिक्षक बन्नु भन्दा म गल्फ नै खेल्छु’

म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाले आफू बरु सन्यास लिएर गल्फ खेल्दै बस्छु तर म्यान्चेस्टर युनाइटेड अथवा  रियल म्याड्रिडको प्रशिक्षक नबन्ने बताए ।

पेप गार्डियोलाको म्यान सिटीले आज (मंगलबार) म्यान्चेस्टर युनाइटेडसंग काराबाओ कपको सेमिफाइनलमा भिड्नेछन् ।

यो खेल हुनु अगाडि पेप गार्डियोलालाई भबिस्यमा म्यान्चेस्टर युनाइटेडको प्रशिक्षक बन्नु हुन्छ भन्ने प्रश्न गर्दा उनले यसो भने, “म्यान्चेस्टर सिटीलाई प्रशिक्षण गरि सकेपछि अब म युनाइटेडलाई गर्दिन र रियल म्याड्रीडलाइ पनि त्यसै गरि गर्दिन ।

उनलाई यदि अरु कुनै क्लबबाट प्रस्ताव आएन र म्यान्चेस्टर युनाइटेड र रियलबाट मात्र विकल्प रह्यो भने तपाईं के गर्नु हुन्छ, प्रश्न सोध्दा उनले भने:

“मलाई केही प्रस्तावहरु आएन भने म माल्दिभ्समा हुनेछु! तर सायद माल्दिभ्समा नहुन पनि सक्छु किनकि त्यहा गल्फ कोर्सहरु छैन !”