म्यानचेस्टर सिटीले अब प्रिमियर लिगका अन्य क्लबहरू, विशेष गरी आर्सनलसँग ट्रान्सफर सम्झौताहरू नगर्ने जानकारी छ।
Report: Questions are reportedly being asked at Manchester City about why they allowed two first-team players to join #Arsenal, who are five points clear at the top of the Premier League. #afc https://t.co/QoMVuvfvPB
— Arsenal Buzz (@ArsenalBuzzCom) November 19, 2022
गत वर्षको लिग विजेता सिटीले आफ्नो स्टार खेलाडी ग्याब्रियल जेसस र ओलेक्जेन्डर जिन्चेन्को दुबैलाई गर्मीको ट्रान्सफर विन्डोमा गनर्सलाई बेचेको थियो, जेससलाई ४५ मिलियन पाउन्ड र जिन्चेन्कोलाई ३२ मिलियन पाउन्डमा आर्सनलले साइन गरेको थियो र दुई खेलाडीले आर्सनलको सिजनमा ठुलो प्रभाव पारेका छन् ।
दुई खेलाडीको आगमन पछि आर्सनलको फम राम्रो रहेको छ र सिटीनै लिगमा आर्सनल भन्दा पछाडि पर्न पुगेको छ भने फुटबल इनसाइडरका अनुसार अब सिटीले आर्सनललाई आफ्नो “पहिलो टोलीका स्टार” नबेच्ने निर्णय गरेको छ।
🚨 Manchester City will NOT sell any more first-team players to Arsenal, with questions being asked at the club about why they allowed two first-team players to join a rival who are now their biggest competition to win the title. [@footyinsider247] #afc https://t.co/6qYxmk6oDU
— afcstuff (@afcstuff) November 19, 2022
हाल प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा रहेको छ। १४ खेलमा १२ जित १ हार र १ बराबरीको साथ आर्सनलले ३७ अंकको जम्मा गरेको छ भने दोस्रो स्थानमा रहेको सिटी सँग ३२ अंक रहेको छ।
सिटी आर्सनल सँग ५ अंकले पछि रहेको छ र रिपोर्ट अनुसार म्यानचेस्टर सिटीका प्रमुखहरू उक्त कुराबाट खुसी छैनन् र अब आर्सनललाई आफ्नो थप खेलाडी नबेच्न सिटीको निर्णय हुने जानकारी छ ।