म्यानचेस्टर सिटीको स्टार मिडफिल्डर साइन गर्दै बार्सिलोना

ला लिगा क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीको स्टार मिडफिल्डर इल्के गुन्डोवानलाई साइन गर्ने जानकारी छ। म्यानचेस्टर सिटी सँग उनको सम्झौता अन्त्य भए पछि हाल उनी फ्री एजेन्ट बनेका छन् भने उनलाई बार्सिलोनाले फ्री ट्रान्सफरमा साइन गर्ने रिपोर्ट छ।

म्यानचेस्टर सिटी सँग इल्के गुन्डोवानको सम्झौता यो वर्षमा अन्त्य भएको हो भने दुई बिच सम्झौता विस्तार नभए पछि गुन्डोवानले क्लब छोड्ने निश्चित भएको थियो जसको कारण धेरै क्लबहरुको नजर उनी माथि रहेको छ र हाल रिपोर्ट अनुसार गुन्डोवानले बार्सामा खेल्ने निर्णय लिएका छन् ।

रिपोर्ट अनुसार गुन्डोवानले बार्साको मेडिकल पनि पास गरिसकेका छन् र दुई बिच मौखिक सहमति भएको र चाडै कागजाति काम पनि पूर्ण हुने रिपोर्ट गरिएको छ ।

२०१६मा डर्टमन्डबाट इल्के गुन्डोवान म्यानचेस्टर सिटीमा आएका थिए भने उनी धेरै समय देखि सिटीको निकै महत्त्वपूर्ण खेलाडीको रुपमा रहेका छन् भने उनी क्लब कप्तान पनि बन्न सफल भएका थिए तर हाल उनले सिटी छोड्ने निर्णय लिएका छन्।

हाल सम्म उनले सिटीको लागि ३०४ खेल खेल्दै ६० गोल र ४० असिस्ट गरेका छन् र सो क्रममा उनले ५ लिग उपाधि र १ च्याम्पियन्स लिग सहित धेरै उपाधिहरू जितेका छन्। उनलाई साइन गर्न बार्सा सहित आर्सनल र डर्टमन्ड पनि इच्छुक रहेको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ