म्यानचेस्टर सिटीका स्टार खेलाडी केभिन डि ब्रोइना साउदीमा रोनाल्डोको टिम-मेट बन्न सक्ने सम्भावना रहेको हाल रिपोर्टहरूले जनाएको छ।
Fabrizio Romano:
“Based on what I saw and what I learned, Saudi Arabia does not give up trying with a specific player when he refuses.”
“I do not rule out that Saudi Arabia will try to sign Kevin De Bruyne next summer.” pic.twitter.com/badRgOw1WI
— TCR. (@TeamCRonaldo) November 6, 2023
यस सिजनको अन्त्य पछि बेल्जियमका आक्रमणकारी डि ब्रोइना आफ्नो करियरमा ठुलो परिवर्तनको लागि तयार हुन सक्ने जानकारी छ भने ३२ वर्षीय स्टारलाई साइन गर्न साउदी प्रो लिग क्लब अल-नासर एफसी इच्छुक रहेको रिपोर्ट छ।
हाल अल-नासरमा क्रिस्टियानो रोनाल्डो र माने जस्ता ठुलो स्टार खेलाडीहरू रहेका छन् भने म्यानचेस्टर सिटीका स्टार खेलाडी पनि रोनाल्डोको टिम-मेट बन्न सक्ने सम्भावना रहेको छ।
अल-नासर स्टार मिडफिल्डरलाई साइन गर्न इच्छुक रहेको बेला रिपोर्टहरूको अनुसार सिटी पनि उनलाई बेच्न तयार हुन सक्ने छ। यस सिजन उनी ह्यामस्ट्रिङको चोटको कारण धेरै समय मैदान बाहिर रहेका डि ब्रोइनाको तलब निकै धेरै रहेको कारण सिटी उनलाई बेच्न तयार हुन सक्ने खबर छ।
यदि ३२ वर्षीया स्टारले अल-नासरमा जाने निर्णय लिए उनी विश्वको सबैभन्दा धेरै कमाउने खेलाडीहरू मध्ये एक बन्ने छन्।