म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे हेयाले क्लबमा क्रिस्टियानो रोनाल्डोको प्रभावको प्रशंसा गरेका छन्। १२ वर्ष पछि यस ट्रान्सफर विन्डोमा युनाइटेड फर्केका रोनाल्डोले फ्यानहरूलाई उत्साहित गरेका थिए भने उनको आगमनले खेलाडीहरू पनि खुसी रहेका छन् भने हाल सम्म उनले युनाइटेडका लागि ३ खेलमा ४ गोल गरेका छन्।
🗣 “The spirit he has already, the ambition is massive.”
David de Gea on the influence of having Cristiano Ronaldo working and playing for Manchester United pic.twitter.com/3oXWGkYxOX
— Football Daily (@footballdaily) September 24, 2021
क्लबमा उनको प्रभावको बारे म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे हेयाले बोलेका छन् भने उनको कारण क्लबका युवा खेलाडीहरूको मनोबल बढेको र युवा खेलाडीहरू उनको नकल गर्न प्रयास गर्दै गरेको दाबी गरे।
“मलाई लाग्छ कि उनको क्लबमा प्रभाव निकै स्पष्ट छ। उनलाई क्लबमा फर्केको देख्न पाउनु उत्कृष्ट हो” डे हेयाले स्काई स्पोर्ट्स लाई भने।
David de Gea lifts lid on Cristiano Ronaldo’s impact on his return to Manchester United https://t.co/7RFHZHmu0i
— Indy Football (@IndyFootball) September 24, 2021
“उहाँ पहिले नै क्लबको एक लेजेण्ड हुनुहुन्छ, त्यसैले म खेलाडीहरू को लागी सोच्छु, युवा खेलाडीहरू को लागी, सबै को लागी, उनी एक महान् व्यक्ति हुन् र हरेक दिन उनलाई जिममा हेर्न पाउनु निकै उत्कृष्ट हो- उनी जिममा कसरी कडा मिहिनेत गर्दछन्, उनी कसरी व्यवहार गर्छन्, उनी कसरी आफ्नो ख्याल राख्छन्।
“म्यानचेस्टर युनाइटेडका युवा खेलाडीहरूले रोनाल्डोको नकल गर्न सुरु गरेका छन्”
🗣️ “He’s a great guy to see every day how he works in the gym, how he treats himself, how he takes care of his body, and of himself.”
David de Gea says Cristiano Ronaldo has already made a big impact at MUFC 🔴 pic.twitter.com/w24ERSC1sc
— Sky Sports Premier League (@SkySportsPL) September 24, 2021
“उहाँ एक अद्भुत खेलाडी हुन् र उनले यहाँ हरेक दिन कडा मेहनत गरेको र टीमलाई मद्दत गरेको देख्न पाउनुमा निकै खुसी छु।”