म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी माथि यस्तो खतरनाक ट्याकल भए पछि 

मङ्गलवार राती प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बोर्नेमाउथ विरुद्ध खेलेको थियो भने उक्त खेलमा म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर डोनी भ्यान डि बिक माथि निकै खतरनाक ट्याकल भए पछि उनी चोट ग्रसित हुन पुगेका थिए।

मङ्गलवार रातीको खेलमा भ्यान डि बिक यो सिजन दोस्रो पटक सुरुवाती टिममा परेका थिए तर उक्त खेल उनको लागि नराम्रो घटनाको साथ अन्त्य भयो। खेलको ४१औँ मिनेटमा बोर्नेमाउथका डिफेन्डर मार्कोस सेनेसीले डि बिक माथि डि-बक्स बाहिर निकै खतरनाक ट्याकल गरे।

उक्त ट्याकल पछि भ्यान डि बिक चोट ग्रसित भए भने उनी आँसुको साथ मैदान बाहिर जान बाध्य भए। धेरै जस्तो बेन्चमा रहेका डि बिकले उक्त खेलमा मौका पाएका थिए तर चोटको कारण उनले पहिलो हाफ पनि अन्त्य गर्न पाएनन्।

उक्त ट्याकलको लागि बोर्नेमाउथका डिफेन्डर मार्कोस सेनेसी माथि आलोचना भएको छ भने सो फाउलको लागि उनले रेड कार्ड पाउन पर्ने धेरैको विश्वास रहेको छ। सो फाउलको लागि मार्कोस सेनेसी पहेँलो कार्ड पनि पाएनन् भने भिएआरबाट उक्त ट्याकलको रिभ्यु नभए पछि रेफ्रीको पनि आलोचना भएको छ।

उक्त खेल भने म्यानचेस्टर युनाइटेडले ३-०को स्कोरले जितेको थियो। लुक शा, कासिमिरो र मार्कस रासफोर्डको गोलमा म्यानचेस्टर युनाइटेडले ३-०को जित हासिल गरेको हो।

म्यानचेस्टर युनाइटेड हाल लिगको चौथो स्थानमा रहेको छ। १७ खेलमा ११ जित, २ बराबरी र ४ हारको साथ युनाइटेडले ३५ अंक हासिल गरेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ