मौरिसियो पोचेटिनो चेल्सीको कोच बन्न इच्छुक

पूर्व पिएसजी कोच मौरिसियो पोचेटिनो प्रिमियर लिगमा फर्किन इच्छुक हुने जानकारी छ भने चेल्सीको कोच बन्ने प्रस्ताव आए उनले सो प्रस्ताव स्वीकार गर्ने जानकारी छ।

चेल्सीको हाल धेरै खराब फम जारी रहेको छ। चेल्सीले पछिल्लो सात खेलमा एक मात्र जित हासिल गरे पछि चेल्सीका कोच ग्राहम पोटर ठुलो दबाबमा छन् भने उनको चेल्सीको भविष्य अनिश्चित हुने सम्भावना रहेको बेला उनको ठाउँ लिन मौरिसियो पोचेटिनो इच्छुक हुने जानकारी छ।

फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेनले मौरिसियो पोचेटिनोलाई गत जुलाईमा बर्खास्त गरे पछि हाल पोचेटिनो क्लब विहीन रहेका छन् भने द सनका अनुसार चेल्सीको कोच बन्ने अवसर आए पोचेटिनोले उक्त अवसरलाई स्वीकार गर्ने छन् ।

हाल चेल्सी लिगको दसौँ स्थानमा रहेको छ। १७ खेलमा केवल ७ जित हासिल गर्दै चेल्सीले २५ अंक जम्मा गरेको छ भने शीर्ष चारको टिम सँग चेल्सीको ८ अंकको दुरी रहेको छ र रेलेगेसन जोनमा रहेको टिम भन्दा चेल्सी केवल ९ अंकले माथि रहेको छ।

च्याम्पियन्स लिगमा क्रोएसियाको डिनामो जाग्रेबसँग पराजित भएको भोलिपल्ट नै चेल्सीले टुचेललाई बर्खास्त गरे पछि चेल्सीले ग्राहम पोटरलाई नियुक्त गरेको थियो भने हाल चेल्सीको खराब फमको कारण उनी माथि धेरै दबाब रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ