“मैले रोनाल्डोको अपमान गरेको होइन”- घानाका स्टार खेलाडी

घानाका स्टार ओस्मान बुकारीले बिहीबार पोर्चुगलको विरुद्ध गोल गर्दा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको सेलेब्रेसन गरेका थिए सो कुराको लागि सामाजिक संजालमा ओस्मान बुकारीको धेरै आलोचना भएको थियो भने ओस्मान बुकारीले रोनाल्डोको अपमान गरेको केही फ्यानहरूको विश्वास रहेको थियो।

हाल घानाका स्टार ओस्मान बुकारीले सो आलोचनाहरु वारे जवाफ दिएका छन् । रोनाल्डो आफ्नो आइडल रहेको र उनको मजाक उदाउन वा उनको अपमान गर्ने आफूले रोनाल्डोको सेलेब्रेसन गरेको गरेको कुरा उनले अस्वीकार गर्दै ट्विटरमा पोस्ट गरेका छन्।

“मैले गोल पछिको सेलेब्रेसनले क्रिस्टियानो रोनाल्डोप्रति अपमान भएको दाबी र टिप्पणीहरूले मेरो ध्यान आकर्षित भएको छ।- ओस्मान बुकारीलेले लेखे।

“यो गलत हो । मैले विश्वकप डेब्युमा मेरो देशको लागि गोल गरेको क्षणको भावनाले म स्तब्ध भएँ, जसको कारण मैले सेलेब्रेसन गरे।

 

“म हुर्केको संस्कृतिले मलाई आफ्नो आफू भन्दा ठुलो मान्छेको अपमान गर्ने अनुमति दिँदैन भने मैले आफ्नो आइडल मध्ये एकको अपमान गर्नु टाढाको कुरा हो। तपाईँको समर्थनको लागि धन्यवाद र हामी हाम्रो अर्को खेलमा केन्द्रित छौँ!”

पोर्चुगलले घानालाई ३-२ले पराजित गरेको थियो भने उक्त खेलको ८९औँ मिनेटमा ओस्मान बुकारीले गोल गर्दै पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको शैलीमा सेलेब्रेसन गरेका थिए र सो पछि उनको धेरै आलोचना भएको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ