“मैले पेनाल्टी अगाडी मेस्सी सँग €१००को बाजी राखेको थिए”- पोल्यान्डका स्टार गोलकिपर 

पोल्याण्डका स्टार गोलकिपर वोचेक सेज्नेले अर्जेन्टिनाविरुद्ध खेलमा सुपरस्टार मेस्सी सँग आफूले €१००को बाजी राखेको खुलाएका छन्।

खेलको ३४ औँ मिनेटमा अर्जेन्टिनले पेनाल्टी पाएको थियो तर उक्त पेनाल्टी दिन अगाडी रेफ्रीले भिएआरमा जाँच गरेका थिए भने भिएआरले पेनाल्टी नदिने भनेर आफूले मेस्सी सँग €१००को बाजी राखेको वोचेक सेज्नेले खेल पछिको अन्तर्वार्तामा बताए।

“मैले सोचेकी थिइन कि भिएआरले अर्जेन्टिनालाई पेनाल्टी दिने छ भनेर”- पोलिस गोलकिपर सेज्नेले खेल पछिको अन्तर्वार्तामा भने।

“भिएआर चेक हुँदै गर्दा मैले मेस्सी सँग कुरा गरे र मैले उनलाई भने कि म उनी सँग €१००को सर्त लगाउन सक्छु कि भिएआरले उक्त पेनाल्टी दिने छैन भनेर।

“तर भिएआरले पेनाल्टी दियो र मैले मेस्सीसँगको सर्त हारेँ। मलाई थाहा छैन विश्वकपमा यसको अनुमति छ कि छैन। म सायद यसको लागि प्रतिबन्धित पनि हुन सक्छु तर मलाई अहिले यसको वास्ता छैन।’

वोचेक सेज्नेले पेनाल्टी बक्समा मेस्सी माथि फाउल गरेको भन्दा रेफ्रीले भिएआरको मद्दतमा अर्जेन्टिनालाई पेनाल्टी दिएको थियो तर स्टार गोलकिपर वोचेक सेज्नेले उक्त पेनाल्टी सेभ गर्दै खेललाई ०-०को स्कोरमा राखेको थियो, गोलकिपर वोचेक सेज्ने यस अगाडी साउदी अरेबिया विरुद्धको खेलमा पनि पेनाल्टी सेभ गरेका थिए।

 

दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल गर्दै खेल जितेको थियो,  हार बावजुद पोल्यान्ड ग्रुपमा दोस्रो हुदै अर्को चरणमा पुग्न सफल भएको छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ