सुपर कप अन्तर्गत बिहिबार राती भएको एट्लेटिको म्याड्रीड र बार्सिलोना बीचको खेलमा पोर्चुगिज युवा स्टार जोओ फेलिक्स मेस्सी सहित अन्य बार्सा खेलाडीहरुसंग विवाद परेको थियो ।
स्पेनिस सुपर कपको सेमिफाइनल खेलको हाफ टाइम अगाडी मेस्सी र फेलिक्स बीच चर्को विवाद परेको थियो ।
फेलिक्सले मेस्सीलाई केहि कुराको गुनासो गर्दैै गरेको देखा परेको थियो ।
त्यसै बीच बार्साका डिफेन्डर पिके सहित अन्य खेलाडीहरु फेलिक्स र मेस्सीको विवाद रोक्न आएको थियो ।
यो भन्दा अघि पनि खेलमा फेलिक्स र जोर्डी अल्बा बीच विवाद परेको थियो ।
भिडियो हेर्नुहोस:
João Félix out here trying to fight the whole Barça team. Simeone’s clearly had words with the lad pic.twitter.com/6RzfmRTDOW
— Marino Peixoto (@MarinoPeixoto) January 9, 2020
खेलमा एट्लेटिकोले ३-२ को रोमान्चक जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो ।