“मेस्सी र बेन्जेमालाई साउदी अरेबियामा स्वागत गर्ने छु “- क्रिस्टियानो रोनाल्डो

फुटबल सुपस्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियान क्लब अल-नासरीलाई छोडेर फेरी युरोप फर्कन चाहेको कुरा अस्वीकार गरेका छन्।

अल-नासरी सँग लिग जित्न असफल रहे पछि रोनाल्डो युरोपमा फर्किने धेरै चर्चा हुँदै गर्दा उनले क्लब छोड्ने कुरा साँचो नरहेको बताए भने आफ्नो लामो समयको प्रतिद्वन्द्वी लियो मेस्सी र पूर्व टिम-मेट बेन्जेमा जस्तो ठुलो स्टार खेलाडीहरुलाई पनि साउदी लिग स्वागत गर्ने बताए।

“म खुसी छु र म यहाँ जारी राख्न चाहन्छु र म यहाँ खेल्न जारी राख्ने छु। अर्को सिजन टिम राम्रो हुनेछ। हामीले पछिल्लो ५ वा ६ महिनामा सुधार गरेका छौं, र हामी छिट्टै उपाधि जित्नेमा म विश्वस्त छु।”- क्रिस्टियानो रोनाल्डो

फ्री एजेन्ट हुने क्रममा रहेका मेस्सी र रियल सँग १ वर्षको सम्झौता मात्र बाँकी रहेको बेन्जेमालाई पनि साउदी क्लबहरूले साइन गर्न प्रयास गरेको कुरा वारे प्रश्न हुँदा रोनाल्डोले दुवै स्टारलाई साउदी लिगमा आफूले स्वागत गर्ने दाबी गरे भने मेस्सी र बेन्जेमाको आगमनले साउदी लिगको झन् सुधार हुने रोनाल्डोले जनाए।

“(मेस्सी र बेन्जेमा) जस्तो ठुलो खेलाडीहरूलाई स्वागत छ … यो कुराले लिगमा सुधार हुनेछ, र यस लिगमा हाल धेरै उत्कृष्ट विदेशी र अरब खेलाडीहरू छन्।”

२०२३को जनवरीमा रोनाल्डो म्यान्चेस्टर युनाइटेडबाट फ्री एजेन्टको रूपमा साउदी अरेबियान क्लब अल-नासरीमा गएका थिए भने अल-नासरीमा उनले आफ्नो पहिलो सिजनमा १९ खेलमा १४ गोल र २ असिस्ट गरे पनि उनी उपाधि जित्न असफल रहे।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ