मेस्सी र बुस्केटसंगै जोर्डी अल्बा पनि मायमी जादै

अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मायमीले बार्सिलोनाका पुर्व स्टार खेलाडी लियोनेल मेस्सी र सर्जियो बुस्केट भित्र्याएसंगै अब अर्का स्टार जोर्डी अल्बा पनि भित्र्याउने लगभग पक्का भएको छ ।

बार्सिलोनासंग सम्झौता सक्किएपछि क्लब बिहिन रहेका अल्बाको नयाँ गन्तव्य अमेरिका हुने देखिन्छ ।

३४ वर्षिय डिफेन्डरलाई साउदीबाट पनि प्रस्ताव आएको तर अमेरिकन लिगमा मेस्सी र बुस्केटसंगै इन्टर मायामीबाट खेल्ने इच्छा रहेको स्रोतहरुले जनाएका छन् ।