मेस्सी, रोनाल्डो र बेन्जेमा एउटै क्लबमा खेल्ने सम्भावना?

हालै फ्रेन्च स्टार स्ट्राइकर करिम बेन्जेमालाई साउदी अरेबियाको क्लब अल इटिहाडले साइन गरे पछि साउदी प्रो लिगको निकै चर्चा हुँदै गर्दा साउदी शाही संस्थान साउदी पब्लिक इन्भेस्टमेन्ट फन्डले साउदी अरेबियाको शीर्ष क्लबहरूलाई नियन्त्रणमा लिए पछि मेस्सी, रोनाल्डो र बेन्जेमा एउटै क्लबमा खेल्न सक्ने वारे चर्चा हुँदै गरेको छ।

साउदीको शाही संस्थान साउदी पब्लिक इन्भेस्टमेन्ट फन्डले रोनाल्डो हाल खेल्दै गरेको क्लब अल नासर, बेन्जेमाको नया क्लब अल इटिहाड र मेस्सीलाई साइन गर्न प्रयास गर्दै गरेको क्लब अल हिलाललाई आफ्नो नियन्त्रणमा लिएको जानकारी छ भने साउदी पब्लिक इन्भेस्टमेन्ट फन्ड प्रिमियर लिग क्लब न्यूकासल युनाइटेडको पनि मालिक रहेको छ।

साउदी प्रो लिगमा साउदी पब्लिक इन्भेस्टमेन्ट फन्डको उक्त कार्यहरूको कारण साउदी पब्लिक इन्भेस्टमेन्ट फन्डले भविष्यमा मेस्सी, रोनाल्डो र बेन्जेमालाई न्यूकासल युनाइटेडमा लोनमा पठाउन सक्ने धेरै चर्चा हुँदै गरेको छ र अल नासर, अल इटिहाड र अल हिलाललाई साउदी पब्लिक इन्भेस्टमेन्ट फन्डले आफ्नो नियन्त्रणमा राखेको कारण उक्त ट्रान्सफर कानुनी रूपमा पनि सम्भव हुन सक्ने ब्रिटिस मिडिया द सनले जनाएको छ।

अल-इतिहाद, अल-अहली, अल-नासर र अल-हिलाल सबै नयाँ स्थापना गरिएका कम्पनीहरूको रूपमा स्थापित भएका छन् जसको ७५ प्रतिशत पीआईएफ( पब्लिक इन्भेस्टमेन्ट फन्ड)को स्वामित्वमा छ भने प्रिमियर लिग क्लब न्यूकासल युनाइटेडमा पीआईएफ( पब्लिक इन्भेस्टमेन्ट फन्ड)को ८० प्रतिशतको स्वामित्व रहेको छ।

फुटबल सुपरस्टार रोनाल्डोलाई अल नासरले २०२३को जनवरीमा म्यान्चेस्टर युनाइटेडबाट साइन गरेको थियो भने फ्रेन्च स्टारलाई हालै मात्र अल इटिहाडले साइन गरेको बेला मेस्सीलाई साइन गर्ने निरन्तर प्रयासमा अल हिलाल रहेको छ र उक्त स्टार खेलाडीहरूलाई एउटै क्लबमा खेलाउने क्षमता साउदी पब्लिक इन्भेस्टमेन्ट फन्ड सँग हुने सम्भावना रहेको छ ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ