पूर्व एज्याक्स र एसी मिलानका स्ट्राइकर मार्को भ्यान बास्टेनले बार्सिलोनाका स्टार लियोनेल मेस्सी युभन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोभन्दा माथि रहेको बताएका छन्।
नेदरल्यान्ड्सका पूर्व स्टारले पुर्व रियल म्याड्रिड स्टारको प्रशंसा गरे तर अर्जेन्टिनाका स्टार मेस्सीको अन्य कुनै खेलाडीसँग तुलना गर्न नसक्ने उनले भने।
🗣 — Marco van Basten (ex-Milan): “Ronaldo is a great player. But those who claim that he is stronger than Messi don’t understand football. Messi is unique, inimitable and unrepeatable. As a child, he fell into the pot of the football genius.” [corriere della sera] pic.twitter.com/DNIGghC6xo
— Barça Universal (@BarcaUniversal) February 28, 2020
“क्रिस्टियानो रोनाल्डो एक महान खेलाडी हुन्, तर मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट हुन् भनेर दाबी गर्नेहरू फुटबल बुझ्दैनन्”-उनले बताए।
“मेस्सी अद्वितीय, अतुलनीय र अपरिवर्तनीय खेलाडी हुन्।
🎙 [ESPN] | Marco van Basten weighs in on the Messi vs. Ronaldo debate.
🔊 Van Basten: Messi is one of a kind. Impossible to imitate and impossible to repeat. pic.twitter.com/gcoZdP4ooe
— BarçaTimes (@BarcaTimes) February 29, 2020
“उहाँ जस्ता खेलाडीहरू हरेक ५० वा १०० बर्षमा एक पटक मात्र देखा पर्दछन्।
“सानो छँदा उनि फुटबल प्रतिभाको भाँडोमा परेका थिए।”