मेस्सी बने स्पेनिश फुटबलको इतिहासमा ५०० खेलहरू जित्ने पहिलो खेलाडी

कोपा डेल रेमा लेगानसबिरुद्ध बिजय लिओनेल मेस्सी स्पेनिश फुटबलको इतिहासमा ५०० खेलहरू जित्ने पहिलो खेलाडी बनेका छन्।

३२ बर्षेका स्टार फोरवार्डले उक्त खेलमा महत्त्वपूर्ण भूमिका खेले, बार्साले ५-०ले जितेको खेलमा उनले २ गोल गरे र बार्साको लागि आफ्नो ५००औं जितको उत्कृष्ट उपलब्धि हासिल गरे।

मेस्सी बार्सिलोनाको सबैभन्दा बढी खेल जित्ने खेलाडीको सूचीमा सबै भन्दा अगाडी छन् उनले जावी र एन्ड्रेस इनिएस्ता जस्तो खेलाडीलाई पछि परेका छन् जसको ४७६ र ४५९ जित रहेको छ।

समग्रमा ७१० खेल खेलेको मेस्सीको रेकर्ड ५०० जित १३१ बराबरी र ७९ हार रहेको छ।

क्लबको लागि ६२१ गोलको साथ, उनि पेलेको ६४३ गोलको रेकर्डलाई उछिन्न बाटोमा छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ