मेस्सी फ्रेन्च लिगको सबैभन्दा उत्कृष्ट विदेशी खेलाडी

फुटबल सुपरस्टार लिओनेल मेस्सी फ्रेन्च लिग वानको २०२२/२३ सिजनको सबैभन्दा उत्कृष्ट विदेशी खेलाडी घोषित भएका छन्।

यही ट्रान्सफर विन्डो फ्रेन्च क्लब पिएसजी छोडेका मेस्सी फ्रेन्च लिगको सबैभन्दा उत्कृष्ट विदेशी खेलाडी बन्न सफल भएका छन्।

सिजनको अन्त्य भए सँगै फ्रेन्च लिग वानले सामाजिक संजाल मार्फत २०२२/२३ सिजनको व्यक्तिगत उपलब्धि र अवार्डको विजेताहरू पोस्ट गर्दै आएको छ र हालै फ्रेन्च लिगको सबैभन्दा उत्कृष्ट विदेशी खेलाडीको श्रेणीमा मेस्सी शीर्ष स्थानमा पर्न सफल भएका छन्।

पिएसजी छोडेर अमेरिकी इन्टर मिलानमा सामेल भएका मेस्सीले गत सिजन पिएसजीको लागि १६ गोल र १६ असिस्ट गरेका थिए भने उनले क्लबलाई फ्रेन्च लिग र फ्रेन्च सुपर कपको उपाधि जिताउन मद्दत गरे।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ