मेस्सी नापोलीमा आउछ भनेर सोद्धा यस्तो जवाफ दिए नापोलीका अध्यक्षले!

बार्सिलोनाविरुद्ध नापोली १-१ को बराबरी पछि, नेपोलीका अध्यक्ष डी लॉरेन्टीइसलाई मिश्रित क्षेत्रमा रहेका पत्रकारले मेस्सीको बारेमा प्रश्नहरू सोधिएको थियो।

मेसी नापोलीमा आउछ भनेर प्रश्न गर्दा? डी लॉरेन्टीइसले हास्यास्पद उत्तर दिए’ उत्तर स्पष्ट छ, ऊ आउँछ, र ऊ मैदानमा छ, यदि तपाईले विश्वास गर्नुहुन्न भने पनि तपाईले उसलाई त्यहाँ देख्न सक्नुहुन्छ, ‘नेपोलीका अध्यक्षले भने।

अर्का पत्रकारले पनि प्रश्न सोधे, तर डि लॉरेन्टीस केबल मुस्कुराए रहे र त्येस क्षेत्रबाट बाहिरिए।

मेस्सी सेरी एमा आउनेबारेमा केही हल्ला चल्दै आएको छ, यद्यपि उनले प्रस्तसँग बार्सिलोनामै बस्न चाहेको बताउछन। विभिन्न समाचारको अनुसार उनी नापोली जान सक्ने छन।