“मेस्सीले विश्व कप उपाधि जिते उनी फुटबलकै सबैभन्दा महान् खेलाडी हुने छन्”

यो वर्षको फिफा विश्व कपको फाइनलमा अर्जेन्टिना पुगेको छ भने अर्जेन्टिना विश्व कप जिते मेस्सी फुटबलकै सबैभन्दा महान् खेलाडी हुने लिभरपुल लेजेन्द जेमी क्यारागरले दाबी गरेका छन्।

पूर्व डिफेन्डर र हाल फुटबल पण्डितको रूपमा जेमी क्यारागरले मेस्सीले अर्जेन्टिनालाई २०२२ को विश्वकप जिताउन सक्ने आशा गरेका छन् र सो कुरामा उनी सफल भए उनी गोट- अथवा सबैभन्दा महान् खेलाडीको रूपमा स्थापित हुने भनेर जनाएका छन्।

“म अर्जेन्टिनाले लियोनल मेस्सीको लागि जितेको विश्व कप जितेको हेर्न चाहन्छु।- स्काई स्पोर्ट्सका जेमी क्यारागरले बताए ।

“फ्रान्स उत्कृष्ट टोली हो तर सायद मेस्सी र अर्जेन्टिनाले यो वर्षको विश्व कप जित्ने भविष्य लेखिएको छ। पहिलो खेल हारे पछि, अर्जेन्टिनाले नयाँ जोसको साथ लय निर्माण गरेका छन्। उनीहरूले स्टेडियमहरूमा पाएको समर्थन एकदम उत्कृष्ट छ।

“यदि मेस्सीले विश्व कपको उपाधि उचाल्न सके भने मेस्सी यो खेल खेल्ने सबैभन्दा महान् खेलाडीको रूपमा स्थापित हुनेछन्।”

विश्व कपको सेमी फाइनलमा क्रोएसिया सँग ३-०को जित हासिल गर्दै अर्जेन्टिना फाइनल पुगेको छ भने फाइनलमा अब अर्जेन्टिनाले फ्रान्स वा मोरक्को विरुद्ध खेल्ने छ।

मेस्सीको नेतृत्वमा अर्जेन्टिना दोस्रो पटक विश्व कप फाइनल पुगेको हो यो भन्दा अगाडी २०१४को विश्व कपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो तर जर्मनी सँग हार्दै अर्जेन्टिना उपाधि जित्न असफल बनेको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ