मेस्सीले विश्व कपमा विशेष बुट लगाएर खेल्ने

एजेन्सी । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले विश्व कपको पहिलो खेलमा विशेष फुटबल बुट लगाउने भएको छ । नोभेम्बर २२ मा हुने अर्जेन्टिना र साउदी अरेबियाबिचको खेलमा मेस्सीले ‘लेयेन्डा’ बुट लगाएर खेल्ने जनाएको छ ।

एडिडासले मेस्सीले लगाउने ‘लेयेन्डा’ बुट समेत सार्वजनिक गरेको छ ।

मेस्सीले पहिलो पटक सहभागी २००६ विश्व कप प्रेरित सो बुट विश्व कपका लागि भनेर एडिडासले सार्वजनिक गरिएको हो ।

यसअघि, मेस्सीले प्रशिक्षण दौरान बुट लगाए पनि औपचारिक खेलमा भने पहिलो पटक लगाउने लागेको हो ।

अर्जेन्टिनाले कतार विश्व कप दोस्रो खेलमा मेक्सिको र समुह चरणको अन्तिम खेल पोल्याण्डसंग खेल्नेछ ।

त्यस्तै, एडिडासले ‘लेयान्डा’ बुट विश्वब्यापी बजारमा उपलब्ध हुने जनाएको छ ।