मेस्सीले यो वर्षको बलोन डि’ओर जित्न पर्ने रोनाल्डोको विश्वास 

यो वर्षको बलोन डि’ओरको लागि म्यानचेस्टर सिटीका युवा स्टार हालान्ड र इन्टर मायामीका सुपरस्टार मेस्सी बिच प्रतिस्पर्धा हुने स्पष्ट रहेको छ र दुई बिच कसले जित्ने वारे धेरै बहस हुदै गर्दा ब्राजिलियन लेजेन्द रोनाल्डो नाजारियोले भने मेस्सीको पक्ष लिएका छन्।

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी यो सिजनको च्याम्पियन्स लिग जित्दै आफ्नो ट्रेबल पुरा गरे पछि क्लबका स्टार स्ट्राइकर एर्लिंग हालान्डले यो वर्षको बलोन डि’ओर जित्ने सम्भावना रहेको धेरैको विश्वास रहेको बेला यो वर्षको बलोन डि’ओर मेस्सीले जित्न पर्ने ब्राजिलियन लेजेन्द रोनाल्डोले बताए।

मेस्सीले फुटबलकै सबैभन्दा ठुलो उपाधि फिफा विश्वकप जितेको र उक्त विश्वकपको उनी ‘एमभीपी’ बनेको कारण मेस्सीले यो वर्षको बलोन डि’ओर जित्न पर्ने रोनाल्डोले दाबी गरे।

‘मेस्सी यो वर्षको बलोन डि’ओर जित्न हकदार हुन् । मलाई लाग्छ उहाँलाई यो ताज लगाइनेछ। उनले २०२२को विश्वकप जितेका छन्, जुन धेरै ठूलो प्रतियोगिता हो।”- रोनाल्डोले यो वर्षको बलोन डि’ओर वारे बोल्दै भने।

यो वर्षको बलोन डि’ओको लागि हालान्डले र मेस्सी बिच प्रतिस्पर्धा हुने अनुमान रहेको छ। मेस्सीले २०२२को फिफा विश्वकप, फ्रेन्च लिग र फ्रेन्च सुपर जितेका छन् भने प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको साथ हालान्डले प्रिमियर लिग, एफ ए कप र हाल च्याम्पियन्स लिग जितेका छन् साथै उनी प्रिमियर लिगमा र च्याम्पियन्स लिगको शीर्ष स्कोरर बनेका छन्।

मेस्सीले २०२२/२३ सिजनमा पिएसजीको लागि ४१ खेलमा २१ गोल र २१ असिस्ट गरेका छन् भने २०२२को जुलाईमा डर्टमन्डबाट केवल €६० मिलियनको ट्रान्सफर मूल्यमा सिटी आएका हालान्डले आफ्नो पहिलो सिजनमा सिटीको लागि ५३ खेलमा ५२ गोल गरे।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ