“मेस्सीले बालोन डि ओर जितिरहेको देख्दा दिक्क लागिसक्यो”

पुर्व म्यान्चेस्टर युनाइटेडका डिफेन्डर प्याट्रीस एभराले बालोन डि ओर मेस्सीले मात्र जितिरहेको हेर्न झ्याउ लागेको बताएका छन् ।

पीएसजीका स्टारले छैठौं पटक सो उपाधी जितिसकेकाछन् ।
तर, यस बर्ष बालोन डि ओर उपाधिका लागि निकै प्रतिस्पर्धा हुने पक्का देखिन्छ र एभराले यसपालि चेल्सीका दुई मिड्फिल्ड खेलाडी कान्टे र जोर्जिन्हो मेस्सी भन्दा धेरै उपाधीको हकदारी रहेको भन्छन् ।

“मेरो बिचरमा यसपालि कान्टे र जोर्जिन्होले जित्नु पर्छ, मेस्सीले जितेको हेर्दा हेर्दै दिक्क लागिसक्यो,” एभराले भने ।

“मेस्सीले गत सिजन के जित्यो? अर्जेन्टिनाबाट कोपा अमेरिका, तर बार्सिलोनाबाट के गर्यो?”

मेस्सी, कान्टे र जोर्जिन्होसंग प्रतिस्पर्धामा बेन्जिमा, लेवान्डोस्की र रोनाल्डो पनि रहेका छन् ।