मेस्सीले तोडे बाटिस्टुटाको कीर्तिमान

एजेन्सी । अर्जेन्टिनी भेट्रान स्टार लिओनेल मेस्सीले क्रोएसियाविरुद्ध गोल गर्दै अर्को किर्तिमान आफ्नो नाममा पारेका छन् । उनी विश्व कपमा सर्वाधिक गोल गर्न अर्जेन्टिनी खेलाडी बन्न सफल भएका छन् ।

३५ वर्षे मेस्सीले सेमिफाइनलमा क्रोएसियाविरुद्ध पेनाल्टीमा गोल गर्दै ग्याब्रिएल बाटिस्टुटाको कीर्तिमान तोडेका हुन् ।

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजलाई ३४ औं मिनेटमा लडाए पछि प्राप्त पेनाल्टिलाई मेस्सीले गोलमा परिणत गरेका थिए ।

उनले गोल गर्दै विश्व कपमा ११ औं गोल संख्या पुगेको छ । बाटिस्टुटाले अर्जेन्टिनाका लागि विश्व कपमा १० गोल गरेका थिए ।

त्यस्तै, जारी विश्व कपमा मेस्सीको गोल संख्या पाँच पुगेको छ । उनले फ्रान्सका किलियन एम्बाप्पेको गोलसंग बराबरी गर्न सफल भएको छ ।

यस्तै, सेमिफाइनल खेल खेल्दै मेस्सीले विश्व कपमा सर्वाधिक खेल खेल्नेको सुचिमा लोथर माथसको किर्तिमानमा बराबरी समेत गरेको छ ।

अर्जेन्टिनाले फाइनलमा आज हुने फ्रान्स र मोरक्कोको विजेतासंग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । साथै, तेस्रो स्थानका लागि क्रोएसियाले आजको पराजित टिमसंग खेल्नेछ ।