मेस्सीले क्लब छोड्ने बित्तिकै पिएसजीमा यस्तो असर

फुटबल सुपरस्टार लिओनेल मेस्सीले पिएसजीको लागि आफ्नो अन्तिम खेल खेलेका छन् र उनले क्लब छोड्ने निश्चित भए सँगै मेस्सीको प्रस्थानको कारणमा पिएसजीमा नकारात्मक असर देख्न सुरु भएको छ।

गए राती भएको क्लेरमोन्ट फूट बिरुद्धको खेल पिएसजीको लागि यो सिजनको अन्तिम खेल थियो भने मेस्सीको लागि उक्त खेल पिएसजीको जर्सीमा अन्तिम खेल बन्यो र मेस्सीले पिएसजी छोड्ने घोषणा भएको १५ घण्टा पछिनै पिएसजीले इन्स्टाग्राममा १ मिलियन भन्दा धेरै फोलोवर्स गुमाएको छ।

२०२१मा पिएसजीमा मेस्सीको आगमन हुँदा मैदान भित्र र बाहिर पिएसजीमा धेरै ठुलो सकारात्मक प्रभावहरू परेको थियो जसमा सामाजिक सञ्जालहरूमा पिएसजीले प्राप्त गरेको धेरै फोलोवर्स पनि रहेको थियो तर मेस्सीको प्रस्थानको कारणमा पिएसजीमा हाल नकारात्मक प्रभावहरू पर्न सुरु भएको छ।

फुटबल सुपरस्टार मेस्सीले क्लब छोड्नु पक्कै पनि पिएसजीको लागि मैदान भित्र र बाहिर ठुलो नोक्सानको कुरा हुने छ जुन सामाजिक सञ्जालहरूमा फ्यानहरू गुमाउनुबाट स्पष्ट भएको छ भने आउँदो समय पिएसजीले थप नकारात्मक असरको सामना गर्न सक्ने धेरैको विश्वास छ।

फेन्च क्लब पिएसजी सँग मेस्सीको सम्झौता अन्त्य भए पछि मेस्सीले क्लब छोड्ने निर्णय लिएका हुन् भने हाल उनी फ्री एजेन्ट बनेका छन्।

पिएसजीको लागि मेस्सीले ७५ खेल खेल्दै ३२ गोल र ३५ असिस्ट गरे र सो क्रममा उनले २ फ्रेन्च लिग उपाधि र १ फ्रेन्च सुपर कप जितेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ