“मेस्सीलाई धकेलेकोमा पछुतो महसुस गर्छु”

लिभरपुलका फुलब्याक एन्ड्रयु रोबर्टसनले स्वीकार गरे कि उनले बार्सिलोनाका कप्तान लियोनेल मेसीलाई गत सिजन एनफिल्डमा खेलको क्रममा धकेलेकोमा पछुतो महसुस गर्दै छन्।

प्रसिद्ध च्याम्पियन्स लिग सेमीफाइनल जस्मा लिभरपूलले खेलमा पुन: वापसी गरेको थियो, उक्त खेलमा मेस्सी लडेको समयमा रोबर्टसनले उनको टाउकोमा पछाडिबाट दुवै हातले धकेलेका थिए ।

उनले डेली मेलमा स्वीकार गरे: “जब म केहि कुराहरुलाई फर्केर हेर्छु म साँच्चिकै पछुताउँदिन किनकि मलाई लाग्छ कि सबै चीज अनुभव नै हुन् जस्ले तपाईंलाई बनाउँछ।

“तर म मेस्सीको साथ त्यो क्षणलाई पश्चाताप गर्दै फर्केर हेर्छु। मलाई त्यो हेर्न मन पर्दैन। जब मैले यो फेरी देखे मलाई धेरै नराम्रो लग्यो।

“त्यस दिन हामी सबैको त्यस्तो मनोवृत्ति थियो कि फाइनलमा पुग्नको लागि केहि पनि हाम्रो अघि उभिरहेको थिएन र हामीले स्टेडियममा राम्रो वातावरणका सिर्जना गरेका थियौं।

“मसँग मेस्सी र बार्सिलोनाका लागि धेरै सम्मान छ, तर हामी त्यस खेलमा गयौं जुन दृष्टिकोणसँग हामी 3-०ले तल थियौं। “हामी विश्वको सबै भन्दा राम्रो खेलाडीलाई रोक्न सबै प्रयास गर्न तयार थियौं।

“तर मलाई पछुतो लाग्छ। र तेस्तो व्यवहार गर्ने व्यक्तिको रूपमा मा आफुलाई हेर्न चाहन्न। त्यो मेरो व्यक्तित्व होइन।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ