कतार २०२२ विश्व कपको क्वार्टर फाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको रेफ्री एन्टोनियो माटेउ लाहोजलाई फिफाले घर पठाएको छ र उनी विश्व कपको बाँकी खेलहरूमा संलग्न नहुने जानकारी छ।
Referee Mateu Lahoz is being sent home from the World Cup following his performance in Argentina vs Netherlands, which provoked furious criticism from Lionel Messi and Emi Martinez.
[@partidazocope] pic.twitter.com/5NwA5tiQWo
— Sam Street (@samstreetwrites) December 11, 2022
अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको रेफ्री एन्टोनियो माटेउ लाहोजको निर्णयले धेरै विवादास्पद हुन पुगेको थियो भने उनले उक्त खेलमा अविश्वसनीय रूपमा १५ पटक पहेँलो कार्ड देखाए भने खेलमा १० मिनेटको इन्जुरी समय थप्ने निर्णयबाट अर्जेन्टिनाका खेलाडीहरू असन्तुष्ट थिए।
स्पेनिस रेफ्री माटेउ सँग सुपरस्टार मेस्सी खुसी थिएनन्। मेस्सीले उनको आलोचना गर्दै उनले ठुलो स्तरको खेल खेलाउन नसक्ने भनेका थिए भने हाल खबर अनुसार फिफाले सो रेफ्रीलाई घर पठाएको छ।
Messi didn’t hold back in his assessment of Mateu Lahoz 😳 pic.twitter.com/gvDHXQpCIv
— FootballJOE (@FootballJOE) December 9, 2022
“म रेफ्रीहरूको वारेमा कुरा गर्न चाहन्न किन भने त्यसपछि फिफाले हामीलाई कारबाही गर्नेछन्,” मेस्सीले पछिको अन्तर्वार्तामा भनेका थिए।
“तर हामी खेल अघि डराएका थियौँ किन भने हामीलाई थाहा थियो माटेउ लाहोजसँग कस्तो निर्णयहरू आउँदै छ। फिफाले यस्तो ठुलो स्तरको खेलमा माटेउ लाहोज जस्तो रेफ्री राख्न सक्दैनन् जब उनी यो स्तरमा छैनन्।”
Mateu Lahoz gave 15 yellow cards, including two in the shoot-out:
◉ Timber
◉ Acuña
◉ Romero
◉ Weghorst
◉ Memphis
◉ Lisandro
◉ Berghuis
◉ Paredes
◉ Messi
◉ Otamendi
◉ Bergwijn
◉ Montiel
◉ Pezzella
◉ Dumfries
◉ LangThe most in a single game in World Cup history. pic.twitter.com/9lz4yMJzxz
— Squawka (@Squawka) December 9, 2022
फिफाले मेस्सीको इच्छा पूरा गरेको देखिन्छ। फिफाले सेमिफाइनल वा फाइनल माटेउ लाहोजलाई खेलाउन अनुमति नदिएको र माटेउ लाहोज हाल घर फर्किने क्रममा रहेको रिपोर्ट आएको छ।