“मेस्सीको शब्दले छोयो” – रोबर्ट लेवान्डोस्की

जर्मन क्लब बार्यन म्युनिकका पोलिस स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीले बालोन डि ओर अवार्डमा मेस्सीले बोलेका शब्दले उनलाई निकै प्रभावित पारेको स्पष्ट पारेका छन् ।

मेस्सीले बार्यनमा उत्कृष्ट प्रदर्शन गर्दै आएका लेवान्डोस्कीले अहिलेसम्म कम्तीमा एउटा बालोन डि ओर जित्नु पर्ने बताएका थिए ।

“मेस्सीका शब्दले मलाई निकै छोयो । त्यो निकै ठुलो बोली थियो, मेरो करियरको ठुलो क्षण थियो” लेवान्डोस्कीले भने ।

मैले मेस्सीसंग धेरै कुरा गर्न पाएन किनकि मेरो स्पेनिस तेति राम्रो छैन । मैले एम्बाप्पेसंग इङलिसमा कुरा गरे र मेस्सीलाई अनुवाद गरिदिएको थियो । त्यो एकदमै राम्रो रात थियो ।”

मेस्सीले बालोन डिओर अवार्डमा लेवान्डोस्किले पोहोर साल बालोन डि ओर जित्नु पर्ने र फ्रान्स फुटबलले केहि गर्नु पर्ने बताएका थिए ।