“मेस्सीको लागि पिएसजी नरक जस्तो रह्यो”- नेमार

ब्राजिलियन फुटबल स्टार नेमारले पिएसजीमा मेस्सी र आफ्नो समय नरक जस्तो रहेको दाबी गरेका छन्। यस ट्रान्सफर विन्डोमा पिएसजी छोडेका नेमार र मेस्सी धेरै पटक पिएसजी फ्यानहरूको आक्रोशको पीडित हुन पुगेका थिए।

मेस्सी र नेमारलाई लक्षित गर्दै पिएसजी फ्यानहरूले विरोध पनि गरेका थिए भने मेस्सी र नेमार दुवैले यस ट्रान्सफर विन्डो क्लब छोड्ने निर्णय लिए र हाल नेमारले पिएसजीमा आफ्नो र मेस्सीको समयलाई नरक सँग तुलना गरे।

“पेरिसमा हामीले नरकमा जस्तो अनुभव गर्‍यौ। “- नेमारले ग्लोबो एस्पोर्टलाई भने।

“हाम्रो त्यहाँ [पेरिसमा] आफ्नो उत्कृष्ट दिन र च्याम्पियन बन्न, इतिहास रच्ने प्रयास थियो।

“त्यसैले [मेस्सी र म] फेरि सँगै खेल्न थाल्यौँ। हामी त्यहाँ इतिहास रच्न सँगै खेल्ने चाहाना थियो। दुर्भाग्यवश, हामीले यो गर्न सकेनौँ।

“उनी अर्जेन्टिनासँग स्वर्ग गए। म उनको लागि धेरै खुसी थिए। तर, पेरिसमा उनी नरकमा बाँचे।

“मेरो विचारमा, उहाँलाई पेरिसमा अनुचित रूपमा व्यवहार गरियो। उनले यस्तो अवस्थाको साथ क्लब छोड्नु पर्ने कुरा फुटबलको हिसाबले उचित थिएन।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ