अर्जेन्टिना २०२२ फिफा विश्व कपको फाइनलमा पुगे सँगै अर्जेन्टिना जर्सीको माग निकै बढेको छ जसमा मेस्सीको जर्सीको माग सबैभन्दा धेरै रहेको छ तर ठुलो मागको कारण अर्जेन्टिनाको जर्सी निर्माता एडिडासलाईनै माग अनुसार आपूर्ति गर्न गाह्रो भएको छ जसको कारण अर्जेन्टिनाको जर्सीको विश्वव्यापी अभाव हुन पुगेको छ।
Adidas is scrambling to keep up with demand for jerseys featuring Argentine football star Lionel Messi ahead of the World Cup final https://t.co/sBowDfGV2Y
— Bloomberg Markets (@markets) December 16, 2022
ब्यूनस आयर्स, म्याड्रिड, दोहा, टोकियो जस्तो ठुलो सहरको एडिडास स्टोरहरुमा अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तानको नाम र १० नम्बरको जर्सीको स्टक सकिएको छ। सानो साइज देखि ठूलो सम्म, पुरुष वा महिलाको सबैको स्टक सकिएको छ भने आपूर्ति बढाउन एडिडास नै असफल हुँदै आएको छ।
लामो समयदेखि एडिडास अर्जेन्टिनाको जर्सी निर्माता र आपूर्तिकर्ताको रूपमा रहेको छ तर यो २०२२ फिफा विश्व कपमा एडिडासले सोचेको भन्दा धेरै जर्सी बिक्री भए पछि हाल मेस्सीको जर्सीको ठुलो अभाव हुन पुगेको छ।
मेस्सीको जर्सीको आपूर्ति बढाउन हाल सम्म एडिडास असफल रहे पछि बजारमा नक्कली जर्सी उत्पादन र बिक्री धेरै बढेको छ। जर्सी अभाव वारे अर्जेन्टिनाको फुटबल संघमा धेरै गुनासो आए पनि सो वारे आफूले केही गर्न नसक्ने अर्जेन्टिनाको फुटबल संघले जनाएको छ।
A worldwide demand for Messi’s Jersey created a crisis at Addidas.
The kit maker has ran out of stock of the number 10 shirt with the captain’s name at the back.
The World can’t wait. #RadullKE pic.twitter.com/vthZ5SHWBw— Carol Radull (@CarolRadull) December 16, 2022
एडिडासले पनि आफूले रातारात मेस्सीको जर्सीको आपूर्ति र उत्पादन बढाउन नसक्ने बताएको छ। जर्मन ब्रान्डले हाल माग अनुसार आपूर्ति बढाउन आफ्नो प्रयास रहेको भनेर बताएको छ।
अर्जेन्टिना फिफा विश्व कपको फाइनलमा पुगेको कारण मेस्सीको जर्सीको माग निकै तेज गतिमा बढेको छ। अर्जेन्टिनाले २०२२ विश्व कपको उपाधिको लागि फाइनल खेल फ्रान्स विरुद्ध खेल्ने छ सो खेल नेपाली समय अनुसार आइतबार ८:४५मा सुरु हुने छ।