मेस्सीको गोलमा पिएसजीलाई लिग उपाधि

पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

गएराती सम्पन्न खेलमा स्ट्रासबर्गसँग १-१ गोलको बराबरी खेलेसँगै पिएसजीले यस सिजनको फ्रेन्च लिग वानको उपाधि जितेको हो ।

यो यस खेलमा पिएसजीका लागि लियोनेल मेसीले गोल गरेका थिए भने स्ट्रासबर्गका लागि केभिन गामेरियोले बराबरी गोल गरेका थिए ।

यो जितपछि पिएसजीको ३७ खेलमा ८५ अंक भएको छ र एक खेल अघि नै लिगको उपाधि जितेको छ ।

पिएसजीले योसहित ११औं पटक लिग वनको उपाधि जितेको छ । पिएसजी यो जितपछि सबैभन्दा बढी पटक लिग वानको उपाधि जित्ने क्लब बनेको छ ।

यस अघि पिएसजी र सेन्ट एटीएन्नेले १०-१० पटक उपाधि जितेका थिए ।