प्रिमियर लिग क्लब लिभरपुलका कोच यर्गेन क्लोपले टोटेनह्यामका “विश्व-स्तरीय” आक्रमणकारी सन ह्युङ-मिनलाई साइन नगरेकोमा आफूलाई ठुलो पछुतो रहेको भनेर दाबी गरेका छन्।
Jurgen Klopp admits it was a ‘big mistake’ not signing Spurs star Son Heung-Min #LFC https://t.co/y08OFEDQeq
— Charlotte Coates (@CACoates96) November 8, 2022
आइतबार प्रिमियर लिगमा लिभरपुलले टोटेनह्यामविरुद्ध २-१को जित हासिल गरेको थियो। उक्त खेलमा टोटेनह्यामका एसियन स्टार सन चोटको कारण उपलब्ध थिएनन् भने खेल पछि सनको वारे लिभरपुलका कोच यर्गेन क्लोप बोल्दै सनलाई साइन नगर्नु आफ्नो ठुलो गल्ती रहेको बताएका छन्।
“मेरो जीवनको सबैभन्दा ठुलो गल्तीमध्ये एउटा उनलाई(सन) साइन नगर्नु थियो।- केबीएस न्यूजसँग कुरा गर्दै क्लोपले भने।
“सन उत्कृष्ट, विश्व-स्तरीय खेलाडी हुन् र संसारका उत्कृष्ट स्ट्राइकरहरू मध्ये एक। कोरिया उनी सँग गर्व गर्नुपर्छ।”
Klopp says failure to sign Son was one of biggest mistakes of his life https://t.co/aufifPDCc1
— The Sun – Tottenham (@SunTottenham) November 8, 2022
सनलाई सात वर्षअघि बायर लेभरकुसेनबाट २२ मिलियन पाउण्डमा टोटेनह्यामले साइन गरेको थियो भने हाल उनी विश्व फुटबलमा सबैभन्दा उत्कृष्ट आक्रमणकारी मध्ये एक बनेका छन्।
सन ह्युङ-मिनले हाल सम्म स्पर्सको लागि ३४४ खेल खेल्दै १३६ गोल र ७६ असिस्ट गरेका छन् तर हाल सम्म उनले टोटेनह्यामको साथ कुनै उपाधि भने जितेका छैनन्।