एजेन्सी । जर्मनीका फरवार्ड थोमस मुलरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने संकेत दिएका छन् । बिहिबार राती जर्मनी विश्व कपको समूह चरणबाटै बाहिरिए पछि मुलर सन्यास लिने संकेत दिएको हो ।
जर्मनी समूह चरणबाट बाहिरिएको यो लगातार दोस्रो संस्करण हो । २०१८ विश्व कपमा पनि जर्मनी समूह चरणबाटै बिदा भएको थियो ।
उनले खेल पछि अन्तर्वार्ता दिने क्रममा सबैलाई धन्यवाद दिएका थिए ।
मुकरले आफुले सक्ने जति मैदानमा दिएको बताए । ‘मैले आफुले सक्ने मैदानमा दिए। कहिले खुसीको क्षण हुन्छ भने दुखको क्षण नि हुन्छ’ ।
फरवार्डले राष्ट्रिय टोलिबाट १२१ खेलमा ४४ गोल गरेका छन् । २०१४ विश्व कप जित्दा उनी टिमका महत्त्वपूर्ण भुमिकामा थिए ।
त्यस्तै, समुहको अन्तिम खेलमा जापानले स्पेनमाथी २-१ गोलले विजय प्राप्त गर्दै जर्मनीको अन्तिम १६ पुग्ने सपना अपुरो रहेको हो ।