अर्जेन्टिनालाई २०२२ विश्व कप जिताउन मद्दत गर्न स्टार गोलकिपर इमिलियानो मार्टिनेजको ठुलो भूमिका रहेको छ। पेनाल्टीमा गएकोको खेलमा उनले १ सेभ गर्दै पेनाल्टीमा अर्जेन्टिनालाई विश्व कप फाइनल जिताउन मद्दत गरे तर उक्त खेललाई पेनाल्टीमा लग्न नै इमिलियानो मार्टिनेजलाई क्रेडिट दिनु पर्ने हुने छ।
This last minute save by #Martinez 🔥 Textbook Stuff
#FIFAWorldCup pic.twitter.com/LpPDLAY43H— Shrikant 🇮🇳💫 (@imsrm11) December 19, 2022
२-२को बराबरीमा ९० मिनेट अन्त्य भए पछि खेल अतिरिक्त समयमा गयो र अतिरिक्त समयमा पनि खेल १-१को बराबरी भएको थियो तर अतिरिक्त समयको दोस्रो हाफमा फ्रान्सलाई गोल गर्न निकै सुनौलो अवसर थियो तर मार्टिनेजले सो समय निकै उत्कृष्ट सेभ गर्दै खेललाई पेनाल्टीमा लगे ।
अतिरिक्त समयमा थपिएको ३ मिनेटको इन्जुरी समयमा रान्डल कोलो मुआनीले पेनाल्टी बक्स भित्र निकै राम्रो क्रस पाए जसले उनलाई अर्जेन्टिनाका गोलकिपर सँग वान भी वानको अवस्थामा लग्यो र उनको निकै शक्तिशाली प्रहारलाई इमिलियानो मार्टिनेजले सेभ गरे।
Still thinking about 𝑻𝑯𝑨𝑻 120+3′ save from Emiliano Martinez 🧤
Where does it rank all-time in World Cup history? 👀 pic.twitter.com/7tq9bWIsVW
— ESPN FC (@ESPNFC) December 19, 2022
यदि उक्त अवसरमा फ्रान्सले गोल गरेको भए फ्रान्सले अतिरिक्त समयमै विश्व कप जित्न निश्चित थियो र खेलमा फर्किन अर्जेन्टिनालाई समय बाँकी हुने थिएन तर इमिलियानो मार्टिनेजले खेललाई पेनाल्टीमा लाग्ने ठुलो भूमिका खेले भने पेनाल्टीमा जित्न पनि उनको भूमिका स्पष्ट रह्यो ।
लुसिल स्टेडियममा भएको रोमाञ्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
This Emi Martinez save from Randal Kolo Muani was big-time and world class.
It’s 3-3 and 120+3 at the time. That’s why he’s such a worthy Golden Glove winner.🧤 pic.twitter.com/SQcv1rhz4j
— Ben Jacobs (@JacobsBen) December 19, 2022
पेनाल्टीमा अर्जेन्टिनाले बाजी मा’र्यो । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले पेनाल्टीमा गोल गरे ।
तर, किन्सले कोम्यानले, अरुलिन चुवामेनीले गोल गर्न चुके ।
अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालोले गोल गरे ।