एजेन्सी । बायर्न म्युनिकका साडियो मानेले चोट बोके पछि विश्व कप गुमाउन सक्ने भएको छ । मंगलबार राती भएको खेलमा वेन्डर ब्रेमेनसंगको खेलमा माने घाइते हुनपुगेको हो ।
माने खेल सुरु भएको १५ मिनेटमा चोट बोक्न पुगेका थिए । उनको घुँडामा चोट लागे पछि सानेले मानेको स्थानमा मैदान प्रवेश गरेका थिए ।
विश्व कप २०२२ सुरु हुन मात्र १३ दिन बाकी रहेको अवस्थामा मानेको चोटले सेनेगललाई ठूलो क्षति हुने देखिन्छ ।
दुई पटकको अफ्रिकन वर्ष खेलाडीको अनुपस्थितीमा सेनेगलले विश्व कपमा नेदरल्यान्ड, आयोजक कतार र इक्वेडरको सामना गर्नु पर्ने हुन्छ ।
तर, बायर्नको लागि भने मंगलबारको खेल सुखद रह्यो । उसले ब्रेमेनलाई ६-१ गोलको फराकिलो अन्तरले हराउदै शिर्ष स्थानमा पकद मजबुत बनाएको छ ।
साविक विजेता बायर्नको जितमा मुसियला, गोरेजका र टेलले एक एक गोल गर्दा जिनाब्रिले ह्याट्रिक गरेका थिए । ब्रेमेनका लागि एक मात्र गोल जङले गरे ।