ढाका । चौथो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशलाई हराउदै दोस्रो लगातार जित निकालेको छ । शनिबार भएको खेलमा बंगलादेशलाई १-० ले हराउदै शिर्ष स्थानमा उक्लिको छ ।
ढाकामा जारी प्रतियोगितामा नेपाललाई जित दिलाउन वर्षा ओलिले निर्णायक गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफको ८६ औं मिनेटमा वर्षाले गोल गरिन् । उनको यो प्रतियोगिताको पाचौं गोल हो ।
नेपालले बिहिबार भएको खेलमा भुटानलाई ७-० गोलले हराएको थियो ।
बंगलादेशले उद्घाटन खेलमा भुटानलाई ८-० गोलले हराउदै सुरुआत गरेको थियो ।
तीन राष्ट्रको सहभागिता रहेको यस प्रतियोगितामा नेपाल शिर्ष स्थानमा छ । नेपालले ६ अंक जोड्दै शोर्ष स्थानमा रहेको भने बंगलादेशले ३ अंक जोड्दै दोस्रो स्थानमा छ । तालिकाको पुछारमा भुटान छ ।
डबल राउण्ड लिगको आधारमा हुने प्रतियोगिताको शिर्ष स्थानको टोलिले उपाधी जित्नेछ ।